बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १२ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५२ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख ९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २७५ रुपैयाँले बढेर ६ हजार ७६५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।