घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ८ माघ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २९ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर ५ हजार ८७० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।