सर्वोच्च अदालतले लगानीका लागि विदेशबाट भित्रिने रकम ‘शंकास्पद देखिए’ छानबिन गर्नुपर्ने बताएको छ । यो विषय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको कार्यक्षेत्रभित्र पर्ने व्याख्या पनि सर्वोच्चले गरेको छ । व्यवसायी अजयराज सुमार्गी पराजुलीले मुक्ति श्री सिमेन्ट उद्योग प्रालिका नाममा भित्र्याउन थालेको विदेशी रकममाथि रोक लगाउने गरी जारी भएको एक…