संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ । यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो । समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरुलाई वितरण गरको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।