कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ । भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेकाले ग्रावेल र कालोपत्रे गर्न नसकिएको हो । उक्त नगरपालिकाको १० नं वडामा जिमुवा प्रहरी चौकी नजिकै सीमास्तम्भ ८०६ ९६…