सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि रिक्त चार र खाली हुन लागेका ६ कूटनीतिक नियोगमा एकैसाथ नियुक्ति प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ । ‘नियुक्तिका लागि उपयुक्त उम्मेदवारको ‘रोस्टर’ तयार पार्दैछौँ, त्यो सकिनासाथ प्रधानमन्त्रीसँग छलफल गरी ‘क्याबिनेट’मा प्रस्ताव लैजान्छौँ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तिहारअघि…