निरु पाल धम्की प्रकरणः प्रहरीमाथि विश्वासको संकट

१५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो । छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक…