कालाबजारी गर्ने अब जेल जानुपर्ने

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै आएका थिए…