वीरगन्ज, २८ असोज । ‘घरमा आएका पाहुनालाई होटलमा चिया–नास्ता खुवाउन लैजाँदा घरबाटै गिलास लिएर जानुपर्दा पाहुनासामु लाजले शिर उठाउन सकिँदैन । यस्तो व्यवहारले अरू बेला पनि दुखित तुल्याउँछ’, डोम समुदायलाई दलित भनेर होटलमा गरिने विभेद सुनाउँदै पर्सा जगरनाथपुर–२ जानकी टोलका लक्ष्मी राउत डोमले भने, ‘चिया्नास्ता खान जाँदा घरबाटै गिलास लिएर जानुपर्छ । होटलभित्र पस्न दिँदैनन्…