काठमाडौ, २० असोज । निर्वाचन आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई जिल्ला छोड्न निर्देशन दिएको छ । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन प्युठान पुगेका पोखरेललाई आयोगले त्यस्तो निर्देशन दिएको हो । पोखरेललाई तत्काल प्युठान जिल्ला छाडन प्रमुख जिल्ला अधिकारीलाई आयोगले आदेश दिएको हो । आयेगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी…