स्थानीय तहका लागि पुनः ६ हजार विज्ञापन गर्ने लोकसेवाकाे तयारी !

स्थानीय तहबाट माग भई आएअनुसार सरकारले करिब छ हजारको सङ्ख्यामा स्थानीय तहका लागि पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने तयारी गरेको छ । गत जेठमा आयोगले खोलेको विज्ञापनबाट दशैँअगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्ने गरी आयोगले काम गरिरहेको जानकारी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पण्डितले दिनुभयो । कुल ७५३ स्थानीय तहमध्ये ५१५…