काठमाडौं, १५ असार । हुम्लाको सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ माइती भएकी ७० वर्षीया गोला शाही कुष्ठरोग लागेकै कारण १२ वर्षदेखि ओडारमा बस्न बाध्य छिन् । बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी शाही श्रीमान्को मृत्युपछि माइतीको सहाराको आस गरेर हुम्लामा आएकी थिइन् । तर रोग लागेका कारण माइतीले सहयोगको साटो घृणा ग¥यो । ‘परिवारका अन्य सदस्यलाई…