मानपदवीमा मनपरी, सर्वत्र विरोध

काठमाडौं, १७ जेठ । स्पष्ट मापदण्ड निर्धारणबिनै सरकारले दसौं गणतन्त्र दिवसका अवसरमा प्रदान गरेका, मानपदवी, अलंकार र पदक विवादमा परेका छन् । पुरस्कार सिफारिस समितिका सदस्य, उनीहरुका आफन्त, प्रधानमन्त्री तथा मन्त्रीका निकटलाई विभिन्न मानपदवी, अलंकार र पदक सिफारिस भएपछि त्यसको विरोध भएको हो । १० औं गणतन्त्र दिवसका अवसरमा सरकारले आइतबार ५ सय १५ जनालाई…