काठमाडौं, १ जेठ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ । बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ याङलाई यस्तो आग्रह गरेका हुन् । स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा…