‘वन बेल्ट वन रोड’मा हस्ताक्षर हुँदै

काठमाडौं, २६ वैशाख । सरकारले चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओआ)मा सहभागिता जनाउनेसम्बन्धी समझदारीपत्रमा यसै साता हस्ताक्षर गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिवस्तरमा हस्ताक्षर गर्ने निर्णय गरेको हो । नेपालले ओबिओआरमा सहभागिता जनाउने सहमति यसअघि नै गरिसकेको छ । ‘लामो समयको मिहिनेतपछि हामीले चीनसँग ओबिओआरमा सहभागी हुनेसम्बन्धी समझदारीपत्र (एमओयु)…