काठमाडौं, २३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले महाअभियोग प्रकरणसँगै सुरु राजनीतिक संकटको नयाँ अध्याय तत्काल अन्त्य गर्ने गरी दलहरुलाई उत्प्रेरित गर्न आग्रह गरेका छन् । शुक्रबार उनीहरु शीतल निवासमा छलफल गर्दै गर्दा अदालतको अन्तरिम आदेश आएको थियो । राजपा नेताहरुले संविधान संशोधान, चुनाव आदि विषयमा जेलिइरहेको राजनीतिक…