काठमाडौं, १२ वैशाख । झापा शनिश्चरेका जीवन विष्टको नाममा रहेको १५ करोड मूल्यको जग्गा कीर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता प्रहरीले पुष्टी गरेको छ । घटनामा संलग्नहरुलाई सार्वजनिक गर्न सोमबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी शैलेस थापाले भने, ‘घटनामा समाजका प्रतिष्ठित व्यक्तिहरुको संलग्नता देखिन्छ ।’ जग्गा किर्ते काण्डका मुख्य सूत्रधार टेलिभिजन पत्रकार पुजन…