नेपालमा बाल यौन दुराचार गर्ने क्यानेडियन पिटरलाई नौ वर्ष जेल

बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई जिल्ला अदालत काभ्रेले ९ वर्षको जेल सजाय सुनाएको हो । विशेष सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए…