काठमाडौं, १५ फागुन । सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जाने क्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ । अघिल्लो बर्षको यही अवधिको तुलनामा यस बर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेको संख्या घटेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार अघिल्लो बर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो । अन्तराष्ट्रिय आप्रवासी संगठन…