सप्तरी, २० माघ । माघको तेस्रो साता बित्न लाग्दा पनि शीतलहर नसकिँदा सप्तरीसहित तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । मंगलबारदेखि एकाएक बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेको छ । बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन भएको छ । सदरमुकाम राजविराजका चोक–चोकमा मानिसहरू आगो तापेर बसेका देखिन्छन् ।…