काठमाडौं, १५ माघ । बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको छ । महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिल समेत बरामद गरेको छ । विजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका…