नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भने,’ प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका…