फेरिँदै उपत्यकाको अपराध ट्रेन्ड : साइबर र आर्थिक अपराध बढ्यो, गुन्डागर्दी घट्यो

उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको प्रहरीको पछिल्लो तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गुन्डागर्दी घटेका छन् भने विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पाँच वर्षअघि ०७१/७२ मा उपत्यकाभित्र बैंकिङ कसुरसँग सम्बन्धित १७ मात्रै मुद्दा दर्ता भएका थिए । तर, चालू वर्षको वैशाख मसान्तसम्म मात्रै यस्ता एक हजार सात सय ५८…