न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्क्ष्यतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ । त्यसैगरी तनँहु जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा चलाउने निर्णय गरिएको हो । न्याय सम्पादनमा त्रुटि भेटिएको भन्दै तीन महिनादेखि…