उपराष्ट्रपतिको स्वागतमा बालबालिकालाई कष्ठ

कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनका स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरुले उनीहरुलाई ल्याएका थिए । कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय विद्यार्थीले खाली…