न्यायाधीशविरुद्ध रिट निवेदन दर्ता

सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यातामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सवोच्चमा रिट निवेदन दर्ता गरेको हुन् । निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विषक्षी बनाएको छ ।…