जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

डोल्पा – उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया…