पूर्वसांसद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

साउन २०, काठमाडौं। पूर्वसांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका  पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको थियो । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएको थियो। …