त्रिवि सभा सदस्यमा निर्वाचन प्रक्रियाबाट विद्यार्थी चयन गर्न १६ क्याम्पसका अध्यक्षहरूको माग

काठमाडौँ, २८ असार । त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापतिहरूले त्रिवि सभामा हुने विद्यार्थी प्रतिनिधित्व मनोनयनको सट्टा निर्वाचनबाट हुनुपर्ने माग गरेका छन् ।  उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनले आफूखुसी प्रतिनिधि मनोनयन गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन् । माग पूरा नभए कानुनी तथा आन्दोलनको बाटोमा जाने चेतावनी…