मुस्ताङ, ११ वैशाख । घरपझोङ–४ ठिनीमा सम्पन्न दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ९१२ ले स्वास्थ्य परीक्षण गराएका छन् । थकाली समुदायको बाहुल्य रहेको ठिनीमा सञ्चालित बाह्रबर्खे देवीदर्शन र मेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपाल, मनमोहन मेमोरियल अस्पताल, जिल्ला अस्पताल मुस्ताङ र मुस्ताङ सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा सर्वसाधारणले…