जुम्ला, १२ फागुन । जुम्ला बहुमुखी क्याम्पसमा बुधबारदेखि अखिल क्रन्तिकारी जुम्लाले अनिश्चितकालीन तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनको आचारसंहिताबारे सम्पूर्ण सङ्गठन र क्याम्पस प्रशासनबीच बसेको बैठकले कुनै निर्णय लिन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले अनिश्चितकालीन तालाबन्दी गरेको हो । गत माघ १३ गतेभित्र भर्ना भइसकेका विद्यार्थीलाई मतदानबाट वञ्चित गर्न खोजिएको निर्णयका विरुद्ध…