नेपालगन्ज, २७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको उल्लेख गरेका छन् । नेपालगन्जमा आइतबार विश्वविद्यालयको सातौँ सिनेट बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गरे । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट र नमूना संस्थाका रूपमा विकसित गर्न…