नयाँ शैक्षिक सत्रका लागि ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौँ, १२ चैत । नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आजसम्म विद्यालय तहका लागि तोकिएको लक्ष्यको ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणको तयारी सुरु गरेको छ । शैक्षिक सत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने केन्द्रले जानकारी दिएको छ । करिब ४५ लाख विद्यार्थीका लागि अनुवाद पुस्तक र ऐच्छिक विषयसमेत गरी…