उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने सयुजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ, १९ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सयुजलाई थुनामा पठाउन आदेश दिएको हो । पटकपटक अदालतको अवज्ञा गरेकाले सयुजलाई थुनामा राखेर पुर्पक्ष गर्न अदालतले आदेश दिएको उपप्राध्यापक चलाउनेले जानकारी दिए । सुरूमा जिल्ला अदालतले सयुजसहित ७ जनालाई धरौटीमा…