बैतडी, ३० भदौ । विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ मा रहेको मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो । उहाँका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने…