काठमाडौँ, १७ माघ । कृषा चौलागाईंको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माण घोषणा गरिएको हो । निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पछि यो दोस्रो निर्देशन हो । माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको चलचित्रमा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरि र कामेश्वर चौरासिया, सौगात मल्ल,…