वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

बासुदेव पौडेल, पोखरा, १३ भदौ । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो । नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल९वात्स्यायन०ले तयार गरेको संवैधानिक राजतन्त्र भएको घोडाको लाश बोकेर तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला हिँडेको कार्टुन…