काठमाडौं, १९ वैशाख । गायक संजिब पराजुलीको डेब्यु एकल एल्बम ‘सुनय’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा गायक तथा संगीतकार शक्ति बल्लभ र संगीतकार राजु सिंहलगायतले संयुक्त रुपमा एल्बम विमोचन गरेका छन् । कार्यक्रममा गायक तथा संगीतकार बल्लभले सांगीतिक क्षेत्रमा नयाँ अनुहारको आगमन हुनु सुखद कुरा रहेको जनाउँदै गायक पराजुलीको स्वरमा सम्भावना भएको बताए…