काठमाडौँ, ५ पौष । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ । सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत आयोडिनयुक्त नुनको देशव्यापी वितरण गरेपछि समस्या नियन्त्रणमा आएको हो । नेपाल स्वास्थ्य…