शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन अथवा इन्सुलिनको राम्रोसँग उपयोग हुन सक्दैन । त्यतिबेला ग्लुकोज कोषहरुमा पुग्न नसकी रगतमा रहिरहन्छ । यसरी उत्पन्न हुने स्वास्थ्य समस्यालाई मधुमेह वा चिनीरोग भनिन्छ । हामीले खाने खानाबाट प्राप्त हुने र रगतमा पाइने ग्लुकोज शक्तिको स्रोत हो । रगतमा ग्लुकोजको मात्रा अत्यधिक भएमा मधुमेह वा चिनीरोग उत्पन्न हुन्छ…