काठमाडौँ, ९ असार । नेपालभर डेंगी संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या ६ महिनामा (जनवरीयता) १ हजार ४ सय ३ पुगेको छ भने संक्रमण ७३ जिल्लामा फैलिएको छ । रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको…