नेपालगन्ज, २४ पौष । उपमहानगरपालिका ८ मा शनिबार १५ जना दादुराका बिरामी फेला परे । पुस २२ गतेसम्ममा यो वडामा चार जना बिरामी देखा परेका थिए । अहिले यो वडामा बिरामीको सङ्ख्या १९ जना पुगेको छ । सङ्क्रमितको सङ्ख्या बढ्दो रहेको यो वडामा दादुराविरुद्धको खोप लगाउनेको सङ्ख्या भने न्यून छ । वडामा माइकिङ गरिएको छ…