बाँके, २० पौष । बाँकेमा बालबालिकामा दादुरा सङ्क्रमण देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभयो । ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र…