काठमाडौँ, २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीमा परी ५ जना बेपत्ता भएका छन् । बाढीमा परी चुमनुब्री–६ को चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चुमनुव्री- ६ चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया…