काठमाडौँ, २८ बैशाख । निजी वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालकद्वय वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चुलिएको छ । बुद्ध एयर प्रालिका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै उनका दुई छोराहरू वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुर बस्नेतबीच बुद्ध एयरभित्रको सम्पत्तिलाई लिएर सुरु भएको विवाद चुलिएर उग्र रूप लिएको हो । यसअघि धेरैपटक दाजु वीरेन्द्रबहादुरसँग आफ्नो परिवारको भागमा…