काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा पर्व विधिवत् रूपमा सुरु भएको छ । वसन्तपुरस्थित हनुमानढोकामा यःसीं अर्थात् इन्द्रध्वज (लिंगो) ठड्याएर जात्रा सुरु गरिएको हो । बिहान १०ः३७ बजेको शुभसाइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको थियो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्र देवताको पूजाआजा गरी इन्द्रध्वजसहितको लिंगो ठड्याएसँगै जात्रा सुरु…