काठमाडौँ, ४ बैशाख । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षण सुरु गरेको छ । चैत अन्तिमदेखि सुरु भएको ज्योतिष प्रशिक्षणमा ४० र कर्मकाण्ड प्रशिक्षणमा २२ प्रशिक्षार्थी रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न समितिले आर्थिक वर्ष २०६६/२०६७ देखि प्रशिक्षण सुरु…