सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा समातिए

काठमाडौ २० भदौ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ । आफूलाई राजावादी बताउने श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार सापकोटा यादव रिपोर्टस क्लबमा बोल्दै गर्दा पत्रकारहरुसँगै बसेका थिए । यादव रिपोर्टस क्लबमा बोलिसकेपछि राप्रपाका महामन्त्री धवलशमशेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा पिछा गरिरहेका…