हुम्लामा आगलागी हुँदा दुईजना घाइते

काठमाडौँ, ११ पौष । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा बिहीबार राति आगलागी हुँदा दुईजना जलेर घाइते भएका छन् ।  उक्त आगलागीमा परी घाइते भएका लैबा फडेरा र बम्बु फडेरालाई जिल्ला अस्पताल हुम्ला सिमकोटमा उपचारको लागि पठाइएको सोही गाउँपालिका वडा नं. २ का अध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । कार्कीका अनुसार घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ…