काठमाडौँ, ७ भदौ । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेको छ । कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित रसुवाका पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा बिहीबार बिहान पसेको चितुवा भागेको हो । चितुवाको आक्रमणबाट तामाङ घाइते भएका छन् । चितुवा खोरमा पसेपछि त्यसलाई नियन्त्रणमा लिन थानकोट प्रहरी वृत्तको टोलीले वन कार्यालयलाई खबर गरेको थियो । त्यसपछि वन कार्यालयको टोली पनि…